१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परीक्षण घटाएर निषेधाज्ञा हटाउने सरकारको रणनीति होइन– प्रवक्ता पौडेल


0
Shares

काठमाडौं । गएको हप्तादेखि बुधबारसम्म कोभिड–१९को पीसीआर परीक्षण दर घटेपछि जनमानसमा चासो बढेको छ ।

बुधबार १६ हजार ८ सय ७८ वटा मात्र स्वाब नमुना परीक्षण गर्दा ५ हजार ३ सय १६ जनामा संक्रमणे पुष्टि भएको छ । यो परीक्षणमा गएको नमुनाहरूको ३१.४९ प्रतिशत हो । यसरी परिक्षण गर्ने दर घट्न थालेपछि संक्रमणको जोखिममा नै निषेधाज्ञा हटाउने रणनीति लिएको हो कि भनेर शंका गर्न थालिएको छ ।

तर, स्वास्थ्य मन्त्रायल भने यसलाई स्वीकार्न तयार छैन । मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले संक्रमणका लक्षण भएका व्यक्ति परिक्षण गर्न नआएको बताउनुभयो ।

उहाँले निषेधाज्ञाको कारण परीक्षण केन्द्रसम्म जान नसकेकाले पनि परीक्षणमा कमी भएको हुनसक्ने तर्क गर्नुभयो । सरकारले पीसीआर परीक्षण घटाउने नभइ बढाएको उहाँको दावी छ । एन्टीजेन परीक्षण पनि ७७ वटा जिल्लामा पुगिसकेको उहाँको भनाइ छ ।