१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


माकलबारीमा कुटपिटबाट पुरुषको मृत्यु, कुट्ने प्रहरी नियन्त्रणमा


0
Shares

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंको माकलबारीमा एक पुरुषको कुटपिटबाट मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने ४२ वर्षीय राजु परियारको कुटपिटबाट बुधबार साँझ मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

गोकर्णेश्‍वर नगरपालिका–८ बाग्मती करिडोर सडकमा खोटाङ घर बताउने २५ वर्षीय सुनिल राईले कुटपिट गर्दा परियार गम्भीर घाइते भएका थिए ।

घाइते परियारको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ ।