
काठमाडौं । नेपाली कांग्रेसको रामेछाप–काठमाडौं सम्पर्क समितिले खाँडादेवी गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
गाउँपालिकाअन्तर्गत वडा नम्बर ३, ४ र ५ का स्वास्थ्य चौकीहरूलाई सम्पर्क समितिका सभापनि राजनारायण श्रेष्ठको विशेष सहयोगमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
समितिले पठाएको १० लिटरका ११ थान अक्सिजन सिलिण्डर, १० लिटरका ३ थान अक्सिजन कन्सन्ट्रेटर, ८ थान पीपीई र मास्क वडा इकाइ सभापतिहरू दनकाजी श्रेष्ठ, बालकृष्ण कार्की र सूर्य श्रेष्ठले हस्तान्तरण गरेको कांग्रेस प्रदेश क्षेत्रीय कोषाध्यक्ष राजेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्