१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्वकप छनाेट फुटबल : यी हुन् नेपालका सुरुवाती ११ खेलाडी


0
Shares

काठमाडौं । सन् २०२२ फिफा विश्वकप छनाेट अन्तर्गत कुवेतमा हुन लागेको खेलमा नेपालले आफ्नो सुरुवाती ११ खेलाडी सार्वजनिक गरेको छ ।

राति पौने १० बजे कुवेतको राजधानी कुवेत सिटीमा हुने खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टोलीलाई ४–३–३ को रणनीतिमा मैदान उतारेका छन् ।

इराकविरुद्धको मैत्रीपूर्ण खेलमा सुरुवाती–११ मा रहेका मनिष डाँगी र नवयुग श्रेष्ठलाई बेन्चमा राख्दै मुताइरीले आशिष लामा र सुनिल बललाई मैदानमा उतार्ने भएका छन् ।

टीमको गोलकिपिङ कप्तान किरण चेम्जोङले सम्हाल्दा, डिफेन्समा रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल रहनेछन् । यस्तै, मिडफिल्डमा सुमन लामा, पुजन उपरकोटी र सन्तोष तामाङ रहँदा अन्जन विष्ट, सुनिल बल, आशिष लामाले फरबार्डमा हुनेछन् ।