२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रसुवामा १० दिन निषेधाज्ञा थपियो


0
Shares

रसुवा । रसुवामा १० दिन निषेधाज्ञा थप गरीएको छ । तेस्रो पटक गरिएको निषेधाज्ञाको समयावधि आज सकिएपछि चौथो पटक १० दिनका लागि निषेधाज्ञा थपिएको हो ।

जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गइरहेकाले समुदायस्तरमा संक्रमणको दर न्युनिकरणका लागि जेठ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञालाई थप निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताउनुभयो ।