
काठमाडौं । प्रदेश–१ को प्रदेससभाको आठौं अधिवेशन आगामी सोमबार सुरू हुने भएको छ ।
प्रदेश मन्त्रिपरिषदको सिफरिस अनुसार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन यही जेठ २४ गते दिउँसो २ बजे का लागि आह्वान गर्नुभएको हो ।
नेपालको संविधानको धारा–१८३ को उपधारा १ बमोजिम जेठ २४ गते सोमबार दिनको दुई बजे अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषद्को जेठ २० गतेको सिफारिसअनुसार प्रदेश प्रमुख अधिकारीले बैठक आह्वान गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्