१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस नेता बस्नेतले जुटाए अक्सिजन प्लान्टका लागि ७० लाख, १० दिनभित्र नेपाल आइपुग्ने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट राख्नका लागि आर्थिक सहयोग जुटेको बताउनु भएको छ ।

सुनकोसी गाउँपालिकामा राख्ने अक्सिजन प्लान्टका लागि ७० लाख आर्थिक सहयोग जुटेको उहाँले बताउनु भएको हो ।

अक्सिजन प्लान्टका लागि सुनकोसी गाउँपालिकाले ४० लाख, क्षमादेवी ग्रुपका अध्यक्ष राजकुमार बस्नेतले १० लाख, एनसीसी बैंक (जहाँ बस्नेत बोर्ड सदस्य समेत हुनुहुन्छ) ले १० लाख र तरुण विभागका केन्द्रीय सदस्य पासाङ नोर्बु लामाले १० लाख सहयोग गरेका छन् ।

उक्त अक्सिजन प्लान्ट करिब १० दिनभित्र नेपाल आइपुग्ने बस्नेतले बताउनुभयो ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगैं संक्रमितले अक्सिजन नपाएर ज्यान गुमाएपछि बस्नेतले सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट राख्ने घोषणा गर्नु भएको थियो ।

कोरोना संक्रमितको उपचारका लागि भन्दै बस्नेतले जिल्लामा एक सय बेडको कोभिड उपचार सेवा केन्द्र बनाएका छन् ।