
इलाम । ‘इलामेलीको पिडामा मल्हम पट्टी अभियान’ले इलामका सबै स्थानीय तहहरुलाई स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ ।
स्थानीय कोभिड व्यवस्थापन तथा राहत कोषमार्फत इलामका दश वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।
उद्योग वाणिज्य संघ, रेडक्रस, नेपाल पत्रकार महासंघ लगायतका संस्थाहरुको साझा अभियानमार्फत देश विदेशबाट संकलन गरेको रकमबाट संकटको समयमा स्वास्थ्य सामग्रीहरु प्रदान गरीएको हो ।
हरेक स्थानीय तहलाई १ लाख ४० हजार रुपैया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरीएको हो ।
रोङ गाउँपालिकाका अध्यक्ष शम्शेर राईले दुर्गम क्षेत्रमा स्वास्थ्य सामग्रीको अभाव भई रहेको अवस्थामा राहत मिलेको बताउनुभयो । कोषमा करिव १८ लाख रुपैयाँ सहयोग संकलन भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्