इलामका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्रीहरु वितरण • Image Khabar Image Khabar


इलामका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्रीहरु वितरण


Imagekhabar
२१ जेष्ठ २०७८, शुक्रबार ११:२८

इलामका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्रीहरु वितरण

इलाम । ‘इलामेलीको पिडामा मल्हम पट्टी अभियान’ले इलामका सबै स्थानीय तहहरुलाई स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ ।

स्थानीय कोभिड व्यवस्थापन तथा राहत कोषमार्फत इलामका दश वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

उद्योग वाणिज्य संघ, रेडक्रस, नेपाल पत्रकार महासंघ लगायतका संस्थाहरुको साझा अभियानमार्फत देश विदेशबाट संकलन गरेको रकमबाट संकटको समयमा स्वास्थ्य सामग्रीहरु प्रदान गरीएको हो ।

हरेक स्थानीय तहलाई १ लाख ४० हजार रुपैया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरीएको हो ।

रोङ गाउँपालिकाका अध्यक्ष शम्शेर राईले दुर्गम क्षेत्रमा स्वास्थ्य सामग्रीको अभाव भई रहेको अवस्थामा राहत मिलेको बताउनुभयो । कोषमा करिव १८ लाख रुपैयाँ सहयोग संकलन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्