
तस्विर फाइल
बर्दिया । बर्दियामा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रले जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
केन्द्रले भारतबाट आउने सर्वसाधरणलाई अनिवार्य क्वारेन्टाइनमा बस्न पनि निर्देशन दिएको छ ।
जिल्लाका ८ वटै पालिकामा संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले लकडाउन बढाएको हो ।
यस अवधिमा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
प्रतिक्रिया दिनुहोस्