
डम्मर बुढा मगर
बागलुङ । कोरोना संक्रमणको दर नघटेपछि बागलुङमा थप एक साता लकडाउन थप गरिएको छ ।
शुक्रबार सबेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसिसिएमसी को बैठकले थप एक साता लकडाउन गर्ने निर्णय गरेको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो ।
बैंक वित्तीय संस्था सञ्चालनलाई भने केही खुकुलो बनाइएको र अब बैंक वित्तीय संस्था बुधबार र आइतबार विहान ७ बजे देखि १० बजे सम्म खुल्ला रहनेछ प्रजिअ कार्कीले जानकारी दिनुभयो ।
बैठकले जेठ ३१ गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको बताइएको छ । बैशाख २१ गतेदेखि लकडाउन थालिएको थियो ।
संक्रमणको दर दिनदिनै बढेपछि जेठ १ गतेदेखि १५ गते र १४ देखि जेष्ठ २२ सम्म लकडाउन थप गरेको थियो ।
संक्रमितको संख्या अझै पनि एक हजार हाराहारीमा छ, यसको ‘चेन ब्रेक’ गर्नका लागि जिल्लामा लकडाउन जारी गरिएको हो’ प्रजिअ कार्कीले भन्नुभयो ‘अझै पनि संक्रमितको संख्या बढि रहेको हुँदा लकडाउनलाई निरन्तरता र कडाई गरिने निर्णय भएको छ ।’
हाल जिल्लामा एक हजार ७८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस मध्य अधिकांश होम आइशोलेसनमा रहेको बताइएको छ । संक्रमणबाट जिल्लामा मृत्यु हुनेको सं ४३ पुगेको छ ।
हालसम्म जिल्लामा तीन हजार आठ यस ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्