
काठमाडौं । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदैछ ।
संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने घोषणा गरेअनुरुप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।
तर कोरोना महामारीका कारण यस वर्ष नेपालमा कुनै सार्वजनिक कार्यक्रम भने राखिएको छैन ।
मानव सिर्जित कारणबाट प्रकृति र प्राकृतिक प्रणालीमा परेको प्रतिकुल प्रभावलाई कम गरी वातावरण संरक्षण गर्ने सन्दर्भमा नेपालले यस वर्षको नारा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुन: स्थापना’ तय गरिएको छ ।
संयुक्त राष्ट्रसंघले सन् २०२१ देखि २०३० सम्मको दशकलाई परिस्थितिकीय प्रणालीको पुनःस्थापनाको दशकको रुपमा मनाउने आह्वान गरेअनुरुप यो नारा तय गरीएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्