आज विश्व वातावरण दिवस : 'नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुन: स्थापना' नाराका साथ दिवस मनाईंदै • Image Khabar Image Khabar


आज विश्व वातावरण दिवस : ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुन: स्थापना’ नाराका साथ दिवस मनाईंदै


Imagekhabar
२२ जेष्ठ २०७८, शनिबार ०८:३९

आज विश्व वातावरण दिवस : 'नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुन: स्थापना' नाराका साथ दिवस मनाईंदै

काठमाडौं । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदैछ ।

संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने घोषणा गरेअनुरुप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।

तर कोरोना महामारीका कारण यस वर्ष नेपालमा कुनै सार्वजनिक कार्यक्रम भने राखिएको छैन ।

मानव सिर्जित कारणबाट प्रकृति र प्राकृतिक प्रणालीमा परेको प्रतिकुल प्रभावलाई कम गरी वातावरण संरक्षण गर्ने सन्दर्भमा नेपालले यस वर्षको नारा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुन: स्थापना’ तय गरिएको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०२१ देखि २०३० सम्मको दशकलाई परिस्थितिकीय प्रणालीको पुनःस्थापनाको दशकको रुपमा मनाउने आह्वान गरेअनुरुप यो नारा तय गरीएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्