१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कृषिमा भएको लगानी असुरक्षित हुन थालेपछि युवाहरु निराश


0
Shares

डोलराज रानाभाट

चितवन । चितवन भरतपुरका युवा लेखनाथ भुषालले एमएस्सी फिजिक्स र ल विषय अध्ययन गर्नु भएको छ । तर उहाँको दैनिकी आफूसहित १८ जना युवाहरु मिलेर गरेको व्यवसायिक तरकारी खेतीमै वितिरहेको छ । युवा आधुनिक सामुहिक खेती फर्म दर्ता गरेर १८ जना युवाहरु मिलेर १८ वटै व्लक बनाएर दुई वर्ष अघिदेखि व्यवसायिक तरकारी खेती गर्दै आएकाछन् । उहाँकाे फर्ममा मनग्य तरकारी उत्पादन हुन्छ तर, लकडाउनले उन्को व्यवसायसमेत डाउन गरी दिएको अध्यक्ष भुषालको दुखेसो छ ।

भुषालको अभियानलाई साथ दिने १८ जनायुवा मध्य ४ जनाले डिग्रि गरी सक्नु भक्एको छ । बुवाआमाले परम्परागत रुपमा गर्दै आउनु भएको खेतीलाई उनीहरुले आफ्नो पढाई पछि थप परिष्कृत र प्रविधिको प्रयोग गरी उन्नत जातका वीउ लगाएर उत्पादन बढाउन कम्मर कसीरहेका छन् । पढेर कृषि पेशा गर्न हुँदैन भन्ने समाजको सोचलाई चिर्नु उनीहरुको प्रमुख उद्धेश्य भएका म्यानेजर सुजनवाजु भण्डारीको भनाई छ ।

धेरै पढेका युवा कृषिमा लाग्दैनन् भन्ने गुनासोलाई निमट्यान्न पार्नुभएका १८ जना युवाहरुले वोडी,काँक्रो ,घिरम्ला, करेला, टमाटर आदि लटरम्म फलाइरहनुभएको छ । त्यसैको सफलताबाट अहिले कुरिलो र खर्वुजा खेतीतर्फ अग्रसर हुँदै आएकाछन् । ५० विघा क्षेत्रफलबाट सुरु गरेको कृषि कर्म अहिले १ सय १० क्षेत्रफलमा पुगेको छ । सरकारले भाषणमा भनेजस्तो न त्यति सजिलै मल पाइन्छ न त बीउ ?

रातदिन नभनी उत्पादन गरेको उत्पादीत वस्तुसमेत वारीमै कुहाउनु परेको छ । अझ लकडाउनले उनीहरुलाई परेको पीडा न त तीन तहको सरकारले सुन्छ न सरकारी कार्यालयहरुले नै । बढेको उत्पादनलाई बजारीकरणमा समस्या भइरहेको उनीहरुको गुनासो छ ।

१८ व्लकमध्ये एउटा व्लकमा ५ देखि ६ विघा हेर्नेगरी व्यवस्था मिलाइएको छ । युवाहरु कृषिमा सम्भावना छ भनेर सकेको देखाइरहेका छन् । उत्पादीत बस्तुको बजारीकरणका लागि वलेरोको माग गरिरहेका उनीहरुले साधन भए यो निषेधाज्ञामा प्याकिङ गरेर शुपथ मुल्यमा घरघरमै पुर्याउने योजना बनाएका छन् । तर सरकारले होस्टेमा हैँसे नगरिदिँदा समस्या भइरहेको उनीहरुको भनाई छ ।