सुदूरपश्चिम विश्वविद्यालय : पठनपाठन जेठ २५ र परीक्षा साउन ५ देखि • Image Khabar Image Khabar


सुदूरपश्चिम विश्वविद्यालय : पठनपाठन जेठ २५ र परीक्षा साउन ५ देखि


Imagekhabar
२२ जेष्ठ २०७८, शनिबार १३:१४

सुदूरपश्चिम विश्वविद्यालय : पठनपाठन जेठ २५ र परीक्षा साउन ५ देखि

काठमाडौं । कोरोनाको दोस्रो लहर फैलिएपछि स्थगित भएका सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा र पठनपाठन कार्य वैकल्पिक माध्यमबाट सञ्चालन हुने भएको छ ।

विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट गर्ने निर्णय गरेको हो । स्नातक तह दोस्रो, चौथो र छैटौं सेमेष्टरका परीक्षाहरू साउन ५ गतेबाट सञ्चालन हुने सुदूरपश्चिम विश्वविद्यालयका सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्दबल्लभ पन्तले जानकारी दिनुभयो ।

स्नातक दोस्रो, चौथो र छैटौं सत्रका विद्यार्थीलाई अघिल्लो सेमेष्टरका कक्षाहरू जेठ २५ बाट सञ्चालन हुने पन्तले बताउनुभयो । कोरोना संक्रमणको जोखिम र निषेधाज्ञा पनि जारी रहेकोले वैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा गरिन लागिएको उहाँको भनाइ छ ।

वैकल्पिक माध्यमबाट सञ्चालन हुने परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालयले जेठ मसान्तभित्र कार्यविधि तयारी पार्ने, असार २० सम्म परीक्षा सञ्चालनका लागि आवश्यक तयारी गरिसक्ने जनाएको छ । परीक्षाका लागि लिखित तथा मौखिक र विद्यार्थीलाई विश्लेषणात्मक उत्तर दिनुपर्ने किसिमको प्रश्नपत्र तयार पारिने विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्