२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


निषेधाज्ञामा पनि रोकिएन चिया उत्पादन


0
Shares

धनकुटा । निषेधाज्ञाबीच पनि धनकुटाका चिया कृषकले चिया उत्पादन रोकेका छैनन् ।

लकडाउनका कारण अघिल्लो वर्ष उत्पादन र निर्यात ६० प्रतिशतसम्म घटाएका धनकुटाका निजी र सहकारी मार्फत सञ्चालित चिया प्रशोधन केन्द्रले यो वर्ष भने निषेधाज्ञाको समयमा पनि निरन्तर उत्पादन गरिरहेका छन् ।

जापान, जर्मनी, डेनमार्क, अमेरिका र अष्ट्रेलिया लगायतका मुलुकमा अर्थोडक्स चिया निर्यात हुँदै आएको छ । उद्योगले स्वाथ्य मापदण्डको पालना गर्दै उत्पादन गरिरहेका हुन् ।

जिल्लाका ५ हजार परिवार चिया खेतीमा संलग्न छन् भने १० हजार ६७ रोपनीमा चिया खेती हुने गरेकोे चिया तथा कफी विकास बोर्ड कार्यालयले जनाएको छ ।