
एजेन्सी । चीनले हुबेइ प्रान्तको वुहानस्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोना भाइरसबाट संक्रमित नरहेको दाबी दोहोर्याएको छ ।
अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर चीनमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनुभन्दा पहिले वुहानस्थित प्रयोगशालाका तीन जनामा मिल्दोजुल्दो लक्षण देखिएको उल्लेख गरेपछि चीनले त्यसको खण्डन गर्दै यस्तो दाबी गरेको हो ।
अमेरिकी गुप्तचर निकायको प्रतिवेदनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनलेले गत हप्ता विस्तृत अध्ययन गरी ९० दिन भित्र प्रतिवेदन बुझाउन आदेश दिनुभएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयोजनमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले गरेको सो अध्ययनमा कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको हुन सक्ने सम्भावना अति दुर्लभ रहेको तर थप अध्ययन भने गर्नुपर्ने बताइएको थियो ।
यद्यपि चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले वुहान इन्स्टिच्यूड अफ भाइरोलोजीमा सन् २०१९ को डिसेम्बर ३० भन्दा पहिले कोरोना भाइरसको कुनै जानकारी नरहेको दाबी दोहो¥याएका हुन् ।
यही तथ्याङ्ककै आधारमा अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले चीनसँग वुहानस्थित प्रयोगशालाका तीन अनुसन्धानकर्ता सहित कुल ९ जना चिनियाँ नागरिकको स्वास्थ्य सम्बन्धी विवरण जारी गर्न माग गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्