
काठमाडौं । स्वास्थ्य मन्त्रालयले मनसुनको बेलामा आउने स्वास्थ्य समस्याहरूको सामना गर्न तयारी अवस्थामा रहेको जनाएको छ ।
विपत्तिको बेलामा आइपर्ने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
वर्षा याममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरो लगायतको स्वास्थ्य समस्या आउने भन्दै उहाँले ति समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभयो । विपतबाट तुरुन्त उद्दार गर्न प्रत्येक स्थानीय तहमा र्यापिड रेन्स्पोन्स टिम गठन गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको पनि उहाँको भनाइ छ ।
प्रवक्ता पौडेलले आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको बताउनुभयो । डेंगु लगायतका बिरामीहरूलाई चाहिने एन्टीजेन किट, परीक्षण सामग्री, मलेरियाको आरडिटी, डेंगुको किट, झाडापखालाको लागि जीवनजल लगायत औषधिको व्यवस्थापन केन्द्रीय स्टोर, प्रदेशस्थित मेडिकल स्टोर र जिल्लाहरुसँगको समन्वयमा तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।
डा. पौडेलले स्थानीय तह तथा प्रदेशले केन्द्र सरकार सँग माग गरेको खण्डमा केन्द्रमा पनि र्यापिड रेस्पोन्स टिम बनाइसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्