
फाइल तस्बिर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत मन्त्रिपरिषद् पुनर्गठन गरेको आरोप लगाउनुभएको छ ।
शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’मा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै दाहालले ओलीले संविधान विपरीत मन्त्रिपरिषद् पुनर्गठन गरेको बताउनुभएको हो ।
दाहालले यो समयमा कोरोना महामारीविरुद्ध लाग्नुपर्ने भन्दै सबैलाई एकताबद्ध हुन पनि अनुरोध गर्नुभयो । प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताबीच पुर्याउन शिक्षकहरूलाई आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्