
तस्विर फाइल
काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओली र भारतसँगको साँठगाँठ प्रष्ट देखिएको टिप्पणी गर्नुभएको छ ।
पुनर्गठित मन्त्रिमण्डलमा जनता समाजवादी पार्टीलाई सामेल गरेको विषयमा नेता नेपालले आफ्नो सत्ता जोगाउन ओलीले जस्तोसुकै अवाञ्छित र स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसँग मिल्ने गरेको आरोप लगाउनुभयो ।
आफू निकटका जिल्ला पदाधिकारीसँगको भर्चुअल छलफलमा नेपालले भारतको नाङ्गो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा हालीमुहाली भएर जिम्मेवारी सम्हालेर बसेको टिप्पणी गर्नुभयो ।
कामचलाउ सरकारले यसरी मन्त्रिमण्डल पुनर्गठन गर्न नपाउने नेता नेपालले जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्