
एजेन्सी । भारतमा दैनिक संक्रमितहरूको संख्या एक लाखभन्दा बढी रहेको छ ।
पछिल्ला केही दिनदेखि दैनिक संक्रमितको संख्या घट्दै गए पनि संक्रमितको संख्या एक लाखभन्दा बढी नै भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ एक लाख २० हजार ५ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ २ करोड ८६ लाख ९४ हजार ८ सय बढी संक्रमित भएका छन् ।
संक्रमितको संख्या कम भए पनि भारतमा मृत्युदर भने उच्च नै रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३७० जनाको मृत्यु भएसँगै त्यहाँ अहिलेसम्म कोरोनाबाट ३ लाख ४४ हजार १ सय बढीको मृत्यु भइसकेको छ ।
कोरोनाका कारण बिश्वभर हालसम्म ३७ लाख २८ हजार ४ सय बढीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्