
काठमाडौं । काठमाडौैं महानगरपालिकाले कोभिड—१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न खोप केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ ।
आगामी २५ गतेबाट ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई चीनबाट ल्याइएको १० लाख कोभिडविरुद्धको खोप लगाइँदैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय र काठमाडौं महानगर पालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले हरेक वडामा एक–एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरिएको छ । सोही निर्णयका आधारमा वडामा खोप केन्द्र तोक्न पत्राचार गरिएको हो ।
सरकारले खोप कार्यक्रम अन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिनेका लागि, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका लागि र तेस्रो पटकमा १८ देखि ५९ वर्षका व्यक्तिहरुलाई खोप अभियान सञ्चालन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्