१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रपतिको ट्वीट हटाएपछि नाइजेरियामा ट्वीटर सञ्चालनमा राेक


0
Shares

एजेन्सी । नाइजेरियाली सरकारले देशभर अनिश्चितकालका लागि सामाजिक सञ्जाल ट्वीटर सञ्चालनमा रोक लगाएको छ ।

नाइजेरियाको संस्थागत अस्तित्वलाई नै खतरामा पार्ने गतिविधिमा ट्वीटर प्रयोग हुन थालेको भन्दै रोक लगाइएको हो । ट्वीटरले भने नाइजेरियाली सरकारको यो कदमको विरोध गरेको छ ।

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले केही दिन अघि गरेको एक ट्वीट नियम विपरीत रहेको भन्दै ट्वीटरले हटाएको थियो । बुहारीले आफ्नो ट्वीटमा १९६७ देखि ७० सम्म नाइजेरियामा भएको गृहयुद्धलाई संकेत गर्दै अभिव्यक्ति प्रकट गरेपछी ट्वीट हटाइएको थियो ।

नाइजेरियाली सरकारले ट्वीटरमाथि लगाइएको यो अनिश्चितकालीन प्रतिबन्ध कसरी प्रभावकारी हुन्छ भन्ने कुरा खुलाइएको छैन ।