१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपप्रधानमन्त्रीको अभिव्यक्ति देशभक्त नेपालीका लागि स्वीकार्य हुनसक्दैन– बामदेव गौतम


0
Shares

काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महताेको अभिव्यक्ति देशभक्त नेपालीका लागि स्वीकार्य हुन नसक्ने बताउनुभएको छ ।

शुक्रबार शपथग्रहण गरेको आधाघण्टा नबित्दै दिइएको अन्तर्वार्तामा उपप्रधानमन्त्री महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको बताउनुभएको थियो ।

एमाले नेता गौतमले उपप्रधानमन्त्री महतोले अहिले पनि सञ्चालन गरिरहेको आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा अर्को हुननसक्ने जिकिर गर्दै नेपाललाई विघटन गर्ने आन्दोलन कुनै पनि देशभक्त नेपालीको लागि स्वीकार्य नहुने बताउनुभयो ।

गौतमले महताेको उक्त मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकट गरेको अनविज्ञताप्रति आश्चर्य प्रकट गर्नुभयो ।