
काठमाडौं । अष्ट्रेलियन सरकारले नेपाली सेनालाई कोभिड–१९ को महामारीमा आवश्यक स्वास्थ्य सामग्री दिएको छ । रोयल अष्ट्रेलियन एयर फोर्सको विमानले स्वास्थ्य सामग्री नेपाल ल्याएको हो ।
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
कोभिड–१९ को प्रतिकार्यका लागि सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरूको सुरक्षार्थ स्वास्थ्य सामग्री प्रयोग गरिने रथी प्रभुराम शर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्