
रसुवा । जिल्लाको लाङटाङमा अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ ।
स्वास्थ्य सम्बन्धी सेवामा सहयोग पुर्याउँदै आएको माउन्टेन हर्ट नेपालले अमेरिकन संस्था डाईरेक्ट रिलिफ मार्फत उपलब्ध अक्सिजन कल्सन्ट्रेटर लगायतका स्वाथ्य सामाग्री लाङटाङ स्वास्थ्य चौकीलाई उपलब्ध गराएको हो ।
करिब ७ लाख मुल्य बराबरको ४ वटा अक्सिजन कन्सन्ट्रेटर र २ हजार थान मास्क स्वास्थ्य चौकीलाई प्रदान गरिएको छ ।
हेलिकप्टर मार्फत लाङटाङ पुगेर माउन्टेन हर्ट नेपालका अध्यक्ष डाक्टर अवन गौतमले उक्त सामाग्री लाङटाङ स्वास्थ्य चौकीलाइ हस्तान्तरण गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्