१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हतियारधारी समूहद्वारा बुर्किनाफासोमा १ सय सर्वसाधारणको हत्या


0
Shares

एजेन्सी । अफ्रिकी मुलुक बुर्किना फासोमा हतियारधारी समूहले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गरी एक सय जनाको हत्या गरेका छन् ।

बुर्किना फासोको उत्तरी क्षेत्रमा रहेको सोल्हन गाउँमा हतियार सहित प्रवेश गरेका अज्ञात व्यक्तिहरूले गाउँलेहरूमाथि अन्धाधु्न्ध गोली प्रहार गरी एक सय जनाको हत्या गरेका हुन् । मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । ती समूहले गाउँमा रहेका घर र पसलहरूमा समेत आगजनी गरेका छन् ।

केहीले भने सँगैको जंगलमा लुकेर ज्यान जोगाएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि बुर्किना फासोमा पछिल्लो समय इस्लामिक अतिबादी समूह आइएसले आतंकवादी गतिविधिलाई तीव्रता दिँदै आएको छ ।

सुरक्षा संयन्त्र कमजोर रहेका कारण बुर्किना फासोमा बारम्बार आतंकवादका घटनाहरू हुँदै आएका छन् । गत महिना मात्रै बुर्किना फासोमा भएको आतंकवादी हमलामा ३० जनाको ज्यान गएको थियो ।