
एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले दोहोरो नीति अपनाइरहेको आरोप लगाएको छ । सेन्ट पिटर्सबर्गमा एक व्यावसायिका फोरममालाई सम्बोधन गर्दै पुटिनले अमेरिकाले दोहोरो नीति अपनाएको आरोप लगाउनुभएको हो ।
गतवर्ष वासिङ्गटन डिसीको क्यापिटोल हिलमा भएको हिंसाका भाग लिएका प्रदर्शनकारीहरूमाथि गरिएको कारबाहीलाई लिएर रुसी राष्ट्रपति पुटिनले अमेरिकालाई यस्तो आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।
पुटिनले भन्नुभएको छ, ‘अमेरिका एकतर्फ अन्य देशमा सरकारविरोधी प्रदर्शनमाथि गरिएको कारबाहीको आलोचना गर्दै आएको छ भने अर्कोतर्फ आफ्नो देशमा राजनीतिक माग उठाउने नागरिकलाई मुद्दा चलाउँदैछ, यो गलत हो ।’
बाइडेन र पुटिनबीच १६ जुनमा स्वीट्जरल्याण्डको जेनेभाका भेटवार्ता हुँदैछ । भेटवार्तालाई लिएर पुटिनले खासै ठूलो परिवर्तनको आशा नभएको बताउनुभएको छ ।
अमेरिकी कम्पनीले लगाएको हालै भएको साइबर हमलामा रुसको हात रहेको आरोपको पनि पुटिनले खण्डन गर्नुभएको छ । अमेरिकी चुनावमा रुसको हात रहेको भन्ने आरोप पनि गलत भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्