१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपप्रधानमन्त्रीको अभिव्यक्ति स्पष्ट गर्न प्रधानमन्त्रीसँग माधव पक्षका १५ नेताको माग


0
Shares

काठमाडौं । नेकपा एमालेबाट निष्कासित भइसकेका र कारबाहीको क्रममा रहेका १५ नेताले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पष्ट गर्न माग गरेका छन् ।

शनिबार प्रेस वक्तव्य सार्वजनिक गर्दै १५ जना नेताहरूले सरकारमा जानसाथ टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपालको बहुराष्ट्रिय राज्य बनाउने भन्ने अभिव्यक्ति दोहोर्याइ यसका लागि मुक्ति संग्रामको कुरा गर्नु निन्दनीय भएको जनाएका छन् ।

उपप्रधानन्त्रीले दिएको यस्तो अभिव्यक्ति संविधानको धारा ३ को व्ययवस्थाको विरुद्धकमा भएकाले कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुननसक्ने उनीहरूको ठहर छ । वक्तव्यमा भनिएको छ, ‘उपप्रधानमन्त्रीको संविधाविरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौं ।’