५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


अन्तर्राष्ट्रिय उडान बन्द हुँदा सन्दिपले टी–२० ब्लास्ट खेल्न नपाउने


0
Shares

काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गरेको आगामी हप्ता सुरु हुने टी–ट्वान्टी ब्लास्ट गुमाउने भएका छन् ।

सन्दीपले टी–ट्वान्टी ब्लास्टमा पहिलो पटक वोर्सेस्टरशायरबाट खेल्ने तयारी गरेका थिए ।

तर नेपालमा कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानमा रोक र भिषा आउन भएको ढिलाइले टी–ट्वान्टी ब्लास्टमा सहभागी हुन नपाउने निश्चित जस्तै भएको सन्दीपका मेनेजर रमण शिवाकोटीले जानकारी दिनुभयो ।

टी–ट्वान्टी ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म चल्ने कार्यक्रम छ । तर नेपालमा अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ ।