१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद विघटनका विषयमा परेका ३० मुद्दामा आज सुनुवाई हुँदै


0
Shares

काठमाडौं । संसद विघटनलगायत विषयमा परेका ३० वटा मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यसअघि नै ती मुद्दाहरूमा सुनुवाइ गर्न आज नयाँ संवैधानिक इजलास गठन गर्ने बताउनुभएको थियो ।

यसअघि प्रधानन्यायाधीश राणाले गठन गर्नुभएको इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यी मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेपछि विवाद भएको थियो ।

न्यायाधीश केसी र श्रेष्ठले आफूहरूमाथि प्रश्न उठे पनि इजलासमा कायम रहने निर्णय गरेपछि इजलासमा रहेका अरू दुई न्यायाधीश आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीले आफूहरू अलग हुने निर्णय गर्नुभएको थियो ।

सर्वोच्च बारका पदाधिकारीसँगको छलफल र सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकमा (फुल कोर्ट) प्रधानन्यायाधीश राणाले अबको संवैधानिक इजलास रोष्टरमा रहेका न्यायाधीशमध्ये वरिष्ठताका आधारमा गठन गर्ने सहमति जनाउनुभएको छ ।

गत शुक्रबार नागरिकता अध्यादेशसम्बन्धी परेका मुद्दाको सुनुवाइ गर्न राणाले वरिष्ठताका आधारमा न्यायाधीश छानेर संवैधानिक इजलास गठन गर्नुभएको थियो ।

इजलासमा को पर्छन भन्ने अहिले आम चासोको विषय बनेको छ ।