
सोलुखुम्बु । लामो लकडाउनका कारण सोलुखुम्बुको ग्रामीण क्षेत्रमा खाद्यान्न संकट हुन थालेको छ ।
दैनिक मजदुरी गर्ने समुदायमा खाद्यान्न संकट हुन थालेपछि शेर्पा सपोर्ट फाउण्डेशनले जिल्लाका विभिन्न क्षेत्रमा खाद्यान्नसहित कोभिड सुरक्षा सामग्रीसमेत पु¥याएको छ ।
महामारीसँगै रोजगारी गुमाएका यहाँका अति विपन्न परिवारलाई चामल, नुन, तेल, दाललगायतका दैनिक उपभोग्य सामग्री र मास्क, सेनिटाइजर, पीपीईलगायतका सुरक्षा सामग्री वितरण गरेको शेर्पा फाण्डेशनका अध्यक्ष पासाङ शेर्पा पिनासले बताउनुभयो ।
उहाँले पर्यटकीय गतिविधि ठप्प भएपछि भोकमरीमा परेका ५ सय टे«किङ गाइड र भरियालाई खाद्यान्न पु¥याएको बताउनुभयो ।
सोलुखुम्बुको दूधकोसी गाउँपालिका, घुम्नेमेरा, च्याङ्मितेङलगायतका दुर्गम क्षेत्रमा लकडाउनका कारण खाद्यान्न संकट सृजना हुन थालको छ ।
त्यसैगरी फाउण्डेशनले कोभिडसँग जुध्न अनाथ बालबालिकालाई खाद्यान्नसहित पौष्टिक आहारा वितरण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्