२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


आतंकवादी समूह बोकोहरामका नेता अबुबाकरको मृत्यु भएको सेनाको दावी


0
Shares

एजेन्सी । नाइजेरियाको आतंकवादी समूह बोको हरामका नेता अबुबाकर शेकाउको मृत्यु भएको सरकारी सेनाले दावी गरेका छन् ।

उनको सुरक्षा कारवाहीमा मृत्यु भएको इस्लामिक स्टेट वेस्ट अफ्रिकी प्रान्त (ईस्वाप)ले दुई पक्षको भीडन्तमा उनको मृत्यु भएको दावी गरेको छ ।

दुवै पक्षबीचको भीडन्तका क्रममा भएको विस्फोटमा उनको गत महिना नै मृत्यु भएको ईस्वापलाई उध्रित गर्दै बीबीसीले जनाएको छ ।

उनको मृत्युबारेमा अडियो पनि आफूसँग सुरक्षित रहेको ईस्वापले जनाएको छ ।

नाइजेरियाको सरकारी सेनाले पनि शेकाउको मृत्यु भइसकेको पुष्टि गरेको छ ।

उनको उत्तरी नाइजेरियाका भएको आक्रमणमा मृत्यु भएको बताइएको छ ।

सन् २००९ मा सुरक्षाकर्मीले बोकोहरामका संस्थापक नेता मुहम्मद युसुफको हत्या गरेसँगै सो समूहले सञ्चालन गरेको हिंसात्मक गतिविधिका कारण ४० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २० लाख भन्दा बढी बिस्थापति भइसकेका छन् ।

बोकोहरामले नाइजेरियाको बोर्नो राज्यमा सन् २०१४ र २०१८ मा विभिन्न विद्यालयमा सयौं बालबालिकाको अपहरण गरेको थियो