
एजेन्सी । न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको पहिलो टेष्ट खेल बराबरी (ड्र) भएको छ ।
पाँचौं दिन जितको लागि २ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ७० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७० रन बनाउँदा खेल सकिएको थियो ।
इंग्ल्यान्डका ओपनर डोमिनिक सिब्ले २ सय ७ बलमा ३ चौकासहित सर्वाधिक ६० रनमा अविजित रहे ।
युवा ब्याट्सम्यान ओली पोप ४१ बलमा ३ चौकासहित २० रनमा अविजित रहे ।
कप्तान जो रुट ७१ बलमा ५ चौकासहित ४० रनमा आउट भए । रोरी बन्र्स २५ र ज्याक क्रली २ रनमा आउट भए ।
न्युजिल्यान्डका तीव्र गतिका निल वाग्ररले २ र टिम साउथीले १ विकेट लिए ।
न्युजिल्यान्ड दोस्रो इनिङ १६९–६ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो ।
टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्ड पहिलो इनिङमा दोस्रो दिन ३ सय ७८ रनमा अल आउट भएको थियो । वर्षाको कारण तेस्रो दिन भने खेल हुन सकेन ।
प्रतिक्रिया दिनुहोस्