२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्पेनका कप्तान सर्जिओ बुस्क्वेट्स कोरोना संक्रमित


0
Shares

एजेन्सी । युरोकप नजिकिँदै गर्दा स्पेनको कप्तान सर्जिओ बुस्क्वेट्स कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

युरोकप २०२० अन्तर्गतको आफ्नो पहिलो खेलको ८ दिन पहिले स्पेनका कप्तानमा संक्रमण देखिएको हो । कप्तानमा कोरोना देखिएपछि अन्तिम अभ्यास खेल अन्तर्गत मंगलबार हुने तय भएको लिथुवानियासँगको खेलबाट स्पेन बाहिरिएको छ ।

टिमका अरु खेलाडीको रिपोर्ट नेगेपिटभ आएपनि ३२ वर्षे कप्तानमा भने संक्रमण देखिएको हो । उनको सम्पर्कमा आएकाहरु पनि आइसोलेशनमा बस्ने छन् ।

लिथुवानियासँगको मैत्रीपूर्ण खेलमा अब स्पेनको २१ वर्ष मुनिको टिमले प्रतिस्पर्धा गर्ने छ । युरोकपका समूह ई मा रहेको स्पेनले पहिलो खेलमा जुन १४ मा स्वीडेनसँग प्रतिस्पर्धा गर्ने छ ।