Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


एमाले एकताका लागि अध्यक्षले गर्नु भएको आव्हान स्वागतयोग्य छ : नेता भट्टराई


0
Shares

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एमालेको एकताका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको आव्हान स्वागतयोग्य भएको बताउनु भएको छ ।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष ओलीले एमाले एकताका लागि सार्वजनिक वक्तव्यमार्फत गर्नु भएको आव्हान सकारात्मक भएको बताउनु भएको हो।

उहाँले कार्यदल स्तरको छलफललाई यो वक्तव्ले पुन निरन्तरता दिन बाटो खुलेको पनि बताउनु भएको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने अपेक्षा नेता भट्टराईको छ ।

‘सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ,’ उहाँ लेख्नुहुन्छ ‘सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्स नेत्रित्वका बिचमा सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।’