
काठमाडौं, कात्तिक २२ । वरिष्ठ साहित्यकार चेतन कार्कीको एकल कवितावाचन कार्यक्रम आयोजना गरिएको छ ।
कार्कीको ८२औं जन्मोत्सवको उपलक्ष्यमा शुक्रबार काठमाडौंमा आयोजना गरिएको एकल कवितावाचन कार्यक्रममा उनले झन्डै दुई घन्टासम्म उभिएर मुक्तक, गजल र कवितावाचन गरेका थिए ।
‘स्वाभिमान’ शीर्षकको मुक्तकवाचनबाट कार्यक्रममा प्रस्तुत भएका साहित्यकार कार्कीको गलज र कवितामा देशको स्थितिदेखि मायाप्रेम र वृद्धवृद्धाका विषय समेटिएका थिए ।
कार्यक्रममा साहित्य क्षेत्रका हस्तीहरुको उपस्थिति थियो । त्यसक्रममा उनलाई अभिनन्दन पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्