१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अध्यक्ष ओलीको प्रस्तावप्रति आधिकारीक धारणा तय गर्न एमालेको खनाल–नेपाल समूह छलफलमा


0
Shares

madhab-khanal

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्तसहित पार्टी एकताको आह्वान गरेपछि आधिकारीक धारणा तय गर्न झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको आज बैठक बस्ने भएको छ ।

अध्यक्ष ओलीले २०७५ जेठ ३ अर्थात् एकतापूर्वको अवस्थामा फर्कन राजी भएपछि उक्त प्रस्तावप्रति एकीकृत धारणा बनाउन खनाल–नेपाल समूहले आज स्थायी कमिटी बैठकमा छलफल गर्न लागेको हो ।

बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने तयारी सो समूहको छ । ओलीको प्रस्तावप्रति खनाल–नेपाल समूहमा मत विभाजित देखिएको छ । अध्यक्ष ओलीको एकताको आह्वानप्रति पार्टीका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।