
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । हिजो रातिदेखि लागु हुनेगरी निगमले हवाई इन्धनको मूल्य घटाएको हो ।
मूल्य घटेपछि नेपालमा अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७१५ डलर कायम गरिएको छ । यसअघि अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९३ डलर रहेको थियो ।
पछिल्लो समय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन मन्त्रालय लगायतका सम्बन्धित निकायसँगको छलफलपछि निगमले मूल्य घटाउने निर्णय गरेको निगमले हिजो साँझ जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
हवाई इन्धनको मूल्य बढी हुँदा नेपाली वायुसेवा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धि बनउन कठिन भइरहेको छलफलबाट जानकारी प्राप्त भएकोले घटाइएको निगमको भनाइ छ ।
यसअघि निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा ४० प्रतिशत नाफा खाएर बिक्री वितरण गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्