२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


ओलीसँग एकता सम्भव छैनः अष्टलक्ष्मी शाक्य


0
Shares

काठमाडौं । नेकपा एमालेकी नेत्रृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टी अध्यक्षले निकालेको वक्तव्यको भ्रममा नपर्न सबै पार्टी पंक्तिलाई आग्रह गर्नु भएको छ ।

ओलीको वक्तव्य आउनु भनेको पार्टी एकताको लागि नभइ सर्वोच्चमा रहेको संसद विघटनको मुद्दालाई कमजोर बनाउने खेल मात्रै भएकाले ओलीसँगको एकता सम्भव नभएको उहाँले बताउनुभयो । ओलीले भ्रम सिर्जना गर्न यस्तो वक्तव्यवाजी गरेको शाक्यको आरोप छ ।

`यस्ता खालका वक्तव्यले एकता नचाहेको प्रष्ट छ, उहाँले भन्नुभयो, ओली भ्रम सिर्जना गर्ने, अप्ठ्यारो पार्ने र आफ्नो बाटोमा हिडिराख्ने व्यक्ति हुन् ।`

माधव कुमार नेपाल, झलनाथ खनाल र भीम रावललगायतका नेताहरुलार्ई पार्टीको साधारण सदस्यबाट नरहने गरी कारवाही गरेकोमा त्यो समेत फिर्ता नगरी आएको वक्तव्यको कुनै तुक नरहेको उहाँको भनाइ छ ।

ओलीले राजेन्द्र महतोजस्तो राष्ट्रघाती व्यक्तिलाई बोकेर मन्त्रिपरिषद् गठन गरेसँगै उनी गणतन्त्र सिध्याउन लागि परेको स्पष्ट भएको शाक्यको आरोप छ ।

`महतोजस्ता व्यक्तिलाई मन्त्रिपरिषद्मा ल्याउनुले ओली आफै राष्ट्रघाती भएको प्रष्ट छ`, उहाँले भन्नुभयो ।

कार्यदल बनेपछि पार्टीको विवाद समाधान होला भन्ने लागेपनि कार्यदल संयोजकलाई कारवाही गरेर एकताको सबै विकल्प ओलीले सिध्याएको शाक्यले बताउनु भयो ।

(हाम्रा संवाददाता रोमन आचार्यसँग गरिएको कुराकानीमा आधारित)