१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


च्याउ खाँदा इलाममा ४ जना बिरामी


0
Shares

इलाम । जंगली च्याउ खाँदा इलाममा ४ जना गम्भिर बिरामी भएका छन् । उनीहरुको इलाम अस्पतालमा उपचार हुन नसकेपछि झापा लगिएको छ ।

सन्दकपुर गाउँपालिका–१ का जितबहादुर राई र टिकाबहादुर राई, इलाम नगरपालिका–३ पुवामझुवाका वीरमान राई र उनकी श्रीमती विष्णुकुमारी राई बिरामी भएका हुन् ।

जितबहादुर र टिकाबहादुरले हिजो जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका थिए । चार जनामध्ये जितबहादुर र टिकाबहादुरको अवस्था गम्भीर रहेको बताईएको छ ।