२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


बागलुङमा बैंक खुलेपछि भीड


0
Shares

बागलुङ । बागलुङमा बैंक तथा वित्तीय संस्था खुल्न थालेपछि कोरोना संक्रमणको जोखिम बढेर गएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिको दुई दिनअघि बसेको बैठकले हप्ताको दुई दिन बैंक तथा वित्तीय संस्था खोल्ने निर्यण गरेको थियो ।

बैंक तथा वित्तीय संस्थामा भिडभाड बढ्न थालेपछि कोरोना संक्रमण बढ्ने भयले स्थानीयसमेत चिन्तित भएका छन् ।

यसले संक्रमणको दर बढेर जाने स्थानीयको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरु बिहान सात बजेदेखि १० बजेसम्म सञ्चालन गर्न प्रशासनले निर्देशन दिएपछि भिडभाड बढेको हो ।

हप्ताको दुई दिन मात्र खुल्दा टाढा टाढाबाटसमेत पेन्सनत तथा अन्य सेवा लिने ग्राहकको बैंकमा भिडभाड बढ्ने भएकाले कोरोना संक्रमण बढ्ने त्रास फैलिएको हो ।