
काठमाडौं । काठमाडौंमा मंगलबारदेखि कोरोनाविरूद्ध चिनियाँ खोप भेरोसेल लगाइने भएको छ। काठमाडौंं महानगनरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा खोप दिन लागेको हो ।
जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्ने बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ । खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथै लैजानुपर्नेछ।
त्यसैगरि ललितपुर महानगरपालिकामा पनि २५ र २६ गते कोरोनाविरुद्धको खोप लगाइँदैछ । खाेप पुरानै केन्द्रमार्फत् लगाइने छ।
पहिलो खोप लगाएकालाई अहिले दोस्रो खोप लगाइने छैन। कोरोना संक्रमण भएका व्यक्तिले एक महिना पूरा भएपछि मात्रै खोप लगाउन पाउनेछन्।
प्रतिक्रिया दिनुहोस्