
रौतहट । रौतहटमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।
निषेधाज्ञाको पालना गराउन ड्युटीमा हिडेका प्रहरी र स्थानीयबीच रौतहटको गरुडामा झडप भएको हो । झडपमा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक द्वारिका घिमिरेसहित ६ प्रहरी घाइते भएका छन् ।
गरुडा नगरपालिका–९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो ।
प्रहरी टोलीले सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्