
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनुहुने भएको छ ।
सरकारमा अल्पतमतमा परेका मुख्यमन्त्री भट्टले भोली प्रदेशसभाबाट विश्वासको मत लिने बताउनु भएको हो ।
प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भइसकेको छ ।
यही जेठ १० मा बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
तर, माधव नेपाल समूहको बहुमत रहेको प्रदेश संसदीय दलले समर्थन कायम राख्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्