१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वन जोगाउन जंगलैभरी होर्डिङ बोर्ड


0
Shares

उपेन्द्र खनाल

तनहुँ । जथाभाबी रुपमा जङ्गल फडानी र डढेलो लाग्न नदिनको लागि तनहुँको बन्दिपुर गाउँपालिकाको ओडा नम्बर १ मा रहेको छपेली सामुदायिक वन उपभोक्ता समुहले सचेतना बोर्ड राखेको छ ।

समुहले आफ्नो वन छेत्र भित्र पर्ने रुखका बोटमा बन सम्बधी सूचनाहरु टाँस गरेको हो । ४ सय १० घरधुरी रहेको १ नम्वर वडामा सामुदायिक वनको कुल क्षेत्रफल २ सय ४९ हेक्टर रहेको छ ।

वन जङ्गल फडानी र डढेलो लगाउने क्रम न्यूनीकरण गर्न जङ्गलैभरी सन्देशमुलक होर्डिङ बोर्ड राखिएको हो । सचेतना बोर्ड राखिएपछि बन संरक्षणमा सहयोग पुगेको छ भने जंगलमा डढेलो लगाएको सुचना दिनेलाई प्रोत्साहन स्वरुप दश हजार रुपैयाँ उपलव्ध गराउने छपेली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष धनबहादुर आलेले बताउनुभयो ।

बोर्ड राखिएपछि जङ्गल राम्रो हुनुका साथै रुखको पनि संरक्षण भएको छ । बन्दीपुर उक्लने सडकको दायाँबायाँ भएका अधिकांस रुखमा वनसम्बन्धि जनचेतनामुलक सन्देश लेखिएको बोर्ड टाँसिएको छ ।

वन अतिक्रमण गर्न, चरिचरण गर्न गराउन, बिरुवा उखेल्न, काट्न मास्न तथा नोक्सान हुने कार्य गर्ने कार्यहरु वन क्षेत्रमा निषेध गरिएको छ । जंगलमा मुख्य प्रजातीमा साल रहेको छ भने अन्य प्रजातमिा चिलाउने, भलायोलगायत रहेका छन् । छपेली सामुदायिक वन उपभोक्ता समुहले गरेको काम प्रशंसनिय रहेको र अन्य सामुदायिक वनले पनि यसको सिको गर्न सके राम्रो हुने बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो ।

बोर्ड राखिएपछि एकातिर बनको सरक्षण भएको छ भने अर्को तर्फ अवैध रुपमा हुने फँडानी रोकिएको छ । अन्य सामुदायिक वन उपभोक्ता समुहले पनि छपेलिको जस्तै राम्रा कामको अनुसरण गर्न सके वन जोगाउन सहयोग पुग्ने विस्वास गरिएको छ ।