
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सदाचार र राष्ट्रवादको लगौटी खुस्केको थाहै नपाएको टिप्पणी गर्नुभएको छ ।
सोमबार सामाजिक सञ्जालमा वरिष्ठ नेता पौडेलले सत्ताको पछि भौतारिँदा ओलीले चुरे ध्वस्त गराएर मधेश नै डुबाउने, साल्ट ट्रेडिङ मासेर आयोडिनयुक्त नुनुको हाहाहार गराउने र बहुल राष्ट्र मुक्तिसंग्राम गर्न सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुगेको आरोप लगाउनुभएको छ ।
यस्तो छ उहाँको स्टाटस :
सत्ता होइन व्यवस्थालाई महत्त्व दिउँ भन्दै थिएँ । सत्ताको पछि भौतारिँदै गर्दा हाम्रा रास्ट्रवादी के.पि. ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेशनै डुबाउने, साल्ट ट्रेडिङ मासेर आयोडिन युक्त नुनको हाहाकार गराउने र “बहुल रास्ट्र मुक्तिसँग्राम गर्न” सत्ताको साँचो सुम्पेर रास्ट्र विखण्डनको मतियार बन्न पुग्नुले रास्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन् । ओली रास्ट्रवादको लगौटी बिखण्डनको पगरी बनिसकेछन्।
प्रतिक्रिया दिनुहोस्