१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश २ मा सत्ता गठबन्धन, कांग्रेस र माओवादीले मागे सभामुखसहित पाँच मन्त्री


0
Shares

काठमाडौं । प्रदेश २ मा जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग गठबन्धनको प्रयास थालेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले कांग्रेस र माओवादी केन्द्रका संसदीय दलका नेतासँग छलफल गरेका हुन् ।

मुख्यमन्त्री नै दाबी गरेको कांग्रेसले मुख्यमन्त्री नपाउने भएपछि सभामुख सहित तीन मन्त्रालयको दाबी गरेको बताइएको छ । आठ सांसद रहेका माओवादीले भने दुई मन्त्रालय र दुई राज्यमन्त्री मागेको बताइएको छ ।

कांग्रेसले तीन मन्त्रालय र माओवादीले दुई मन्त्रालय मागेपछि सत्तारुढ जसपा भने सकसमा परेको छ । प्रदेश सरकारसँग हाल एक मन्त्री र तीन राज्यमन्त्रीको मात्र सिट खाली रहेको छ । कांग्रेस र माओवादीलाई सरकारमा ल्याउन केही मन्त्रालय टुक्राउने पनि सम्भावना रहेको देखिन्छ ।