१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोभिडबाट विदेशमा थप १३ नेपालीको मृत्यु


0
Shares

india corona death

काठमाडौं । पछिल्लो दुई सातामा विदेशमा थप १३ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार साउदी अरबमा ७ जना, भारतमा ५ र कतारमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ३५ जना नेपालीको कोभिड १९ का कारणले निधन भइसकेको छ ।

संघका अनुसार हालसम्म विभिन्न ५४ देशमा १ लाख १० हजार १ सय ९६ जना नेपाली संक्रमित भएका छन् । ती मध्ये १ लाख ६ हजार ८ सय २३ हजार निको भएका छन् ।