
काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञाको अवधिमा अनलाइन व्यवसाय नरोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश डा. कुमार चुँडाल र सपना प्रधान मल्लको इजलासले अनलाइन माध्यमबाट हुने खरिद बिक्री तथा होम डेलिभरीको काम नरोक्न अन्तरिम आदेश दिएको हो ।
यस्तै आदेशमा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म इ–कमर्शको सेवा प्रदान गर्दै आएका कम्पनीहरूको सेवामा रोक नलगाउन आदेश भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्